नियम ३६
अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्नु पर्ने अवधि
मनोनयन भई अध्ययन गर्ने, तालिम लिने वा अध्ययन भ्रमणमा जाने कर्मचारीले त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि देहाय बमोजिमको अवधिसम्म अनिवार्य रूपले सेवा गर्नु पर्नेछ ः-
अध्ययन, तालिम वा अध्ययन भ्रमणको अवधि सेवा गर्नुपर्ने न्यूनतम् अवधि
(क) तीन महिनासम्म एक वर्ष
(ख) तीन महिनादेखि छ महिनासम्म डेढ वर्ष
(ग) छ महिनादेखि नौ महिनासम्म दुई वर्ष
(घ) नौ महिनादेखि एक वर्षसम्म तीन वर्ष
(ङ) एक वर्षदेखि दुई वर्षसम्म चार वर्ष
(च) दुई वर्षदेखि तीन वर्षसम्म पाँच वर्ष
(छ) तीन वर्षदेखि चार वर्षसम्म सात वर्ष
(ज) चार वर्षदेखि पाँच वर्षसम्म आठ वर्ष